१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका-१ हिलेमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएको छ।

धनकुटाको सिधुवाबाट हिलेतर्फ काठका गोलिया बोकेर आउँदै गरेको को १ ज ८७२१ नम्बरको ट्रयाक्टर हिलेको होराइजन होटलनजिक दुर्घटना हुदा ट्याक्टर चालक ४५ वर्षीय राजकुमार सिंजाली मगर र सहचालक २८ वर्षीय दलबहादुर सिंजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको घटनास्थलमा नै मृत्यु भएको हिले प्रहरी चौकीका प्रमुख कुमार ढकालले जानकारी दिए।


तीव्र गतिमा रहेकोले ओरालो बाटोमा ब्रेक नलाग्दा अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : मंसिर १३, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?