कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सिद्धबाबा’ विरुद्ध बलात्कार मुद्दा दर्ता

प्रदीप मेन्याङ्बो

सुनसरी — आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’को रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरी विरुद्ध सुनसरीको जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ । सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी बिहीबार दर्ता गराएकी हुन् ।

‘सिद्धबाबा’ विरुद्ध बलात्कार मुद्दा दर्ता


जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले भने, ‘ती महिलाको उजुरी हामीले दर्ता गरेका छौं । यो सरकारवादी मुद्दा भएकाले अब अदालतले जे आदेश दिन्छ सोही अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउने छौं ।’


उजुरी दर्ता गरेपनि प्रहरीले सिद्धबाबालाई हालसम्म पक्राउ गरेको छैन । ती महिलाले घटना कार्तिक ४ गते भएको उजुरीमा उल्लेख गरेकी छिन् । घटनाको पाँच सातापछि मात्रै उजुरी परेकोले अनुसन्धान गर्न प्रहरीलाई केही असहज अनुमान लगाउन सकिन्छ ।


जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थाहा पाएसँगै ‘सिद्धबाबा’ले शुक्रबार बिहानै बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको स्रोतले दाबी गरेको छ ।


बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी थिइन् । ब्यूरोले जिल्लालाई नै फिर्ता पठाएपछि सुनसरीमा उजुरी दर्ता भएको हो ।


प्रकाशित : मंसिर १३, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?