हिरोइन कारोबारी पक्राउ

अर्जुन राजवंशी

दमक — लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) को कारोबारी एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५६९ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले बिहीबार सार्वजनिक गरेको छ । 

हिरोइन कारोबारी पक्राउ

प्रहरीले उनीहरुलाई गत कार्तिक २५ गते छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको थियो । कार्तिक २५ गते भारतीय युवक २७ वर्षीय रिन्ट शेखलाई खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट आएर दमक क्षेत्रमा हिरोइन विक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले उनलाई दमकस्थित भान्जा होटलको लजबाट नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले उनको साथबाट २१७.६७ ग्राम हिरोइन, नेपाली रुपैयाँ नगद १३ हजार बरामद गरेको थियो ।


सोही दिन प्रहरीले गौरादह नगरपालिका ३ धोबिनिया चोकबाट स्थानीय ३२ वर्षीय सुनिल बराललाई ३५२.३१ ग्राम हिरोइनसहित नियन्त्रणमा लिएको थियो । बा ८१ प ६२४० नम्बरको स्कुटरमा सवार उनले हर्लिक्सको बट्टाभित्र हिरोइन राखेर विक्री गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले उनको साथबाट बा ३ च ९२५५ नम्बरको एउटा कार समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर १२, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?