२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्यटकीय गन्तव्य चिनाउन अभियान

देवनारायण साह

(मोरङ) — प्रदेश १ सरकारले प्रदेशभरका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धनका लागि ‘यात्रा पूर्वको’ अभियान सुरु गरेको छ । इम्याजिन नेपालको सहकार्यमा प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न क्षेत्रका सेलिब्रेटीका साथै केही विदेशी पर्यटकलाई अभियानमा सहभागी गराएको छ । 

अभियानमा सहभागी ७० जनाको टोलीलाई प्रदेश १ सरकारले आइतबार विराटनगरमा फूलमाला, खादा र मायाको चिनो प्रदान गरी स्वागत गरेको छ । मुख्यमन्त्री शेरधन राईले अभियानमा सहभागी बैंकर्श, गायक, मिस एसिया युनिभर्स, भारतीय तथा अस्ट्रेलियाका पर्यटकलाई स्वागत गरेका हुन् । इलामको चिया बगान, रुद्राक्ष खेती र तीनजुरे मिल्केको गुराँस क्षेत्रलगायत मनमोहक स्थलसँगै सर्बोच्च सिखर सगरमाथा प्रदेश १ को पहिचान रहेको भन्दै मुख्यमन्त्री राईले देशवासीले पहिले अवलोकन गरे मात्रै विदेशी पर्यटक भित्रियाउन सहज हुने बताए । ‘आफ्नो ठाउँका बारेमा आफै जानकार नभई कसरी विदेशीलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘प्रदेश १ मा चरा र अर्नाको राजधानी कोशी टप्पुलगायत अनेकौं सिमसार र धार्मिय पर्यटकीय क्षेत्रसमेत छन् ।’ उनले कञ्‍चनजंघादेखि मकालु र सगरमाथासम्म मुन्धुम ट्रेलको विकास गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढेको र धेरै पर्यटकीयस्थलको प्रवर्द्धनमा काम गरिरहेको सुनाए ।


प्रदेशका पर्यटनमन्त्री जगदिशप्रसाद कुसियैतले पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबर्द्धनका लागि सात दिनको यात्रा सुरु गरिएको बताए । ‘भ्रमण बर्ष २०२० लाई लक्षित गरी यस प्रदेशका घुम्न लायकका ठाउँमा पुर्‍याएर तिनलाई विश्वस्तरमा परिचय गराउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘अभियानमा सहभागीहरूले सामाजिक सञ्जाललगायत बिभिन्न सञ्चारमाध्यका साथै आ आफ्ना क्षेत्रबाट यी पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने छन् ।’


नबिल बैंकका सिईओ अनिलकेशरी शाहले प्रदेश १ सरकारले सुरु गरेको यात्रा पूर्वको अभियान पर्यटकीय गन्तव्यलाई चिनाउन अत्यन्तै प्रभावकारी हुने बताए । पर्यटकीय गन्तव्यहरू घुमेर जानकारी लिए पछि मात्रै अरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।


मिस एसिया युनिभर्स २०१७ र मिसेज इन्डिया फिटनेस २०१६ पिंकी राजगढियाले पूर्वी क्षेत्रमा मनमोहक पर्यटकीय गन्तव्य भए पनि विश्वस्तरमा यिनको प्रचारप्रसार हुनुपर्ने आवश्यकता औंल्याइन् । यात्रामा गायिका अभया सुब्बा, अष्ट्रेलियाका जेसन वेभ र उनको समूह, विभिन्न पत्रकारसहभागी छन् । उनीहरू शनिबार कोशी टप्पुको भ्रमण गरेर आइतबार सुनसरीको बर्जु ताल घुम्दै विराटनगर आएर इलामतर्फ लागेको मन्त्री कुसियैतले बताए ।

प्रकाशित : मंसिर ९, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?