१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फुटुक मनाउन फर्किए ओलाङचुङगोलावासी

आनन्द गौतम

(ताप्लेजुङ) — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे एक महिनादेखि सदरमुकाम फुङलिङ झरेका छैनन् । गाउँपालिकाको कामसमेत थांती राखेर उनी गाउँमै खटिएका छन् । गाउँकार्यपालिका सदस्य छेतेन वालुङ सदरमुकाममा कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषदको बैठक भ्याएर भोलिपल्टै गाउँतिर लागिहाले । 

फुटुक मनाउन फर्किए ओलाङचुङगोलावासी

उनीहरू मात्र होइन, ओलाङचुङगोलाका प्रायजसो बासिन्दा घर फर्किएका छन् । यहाँ शनिबार फुटुक पर्व सुरु भएको छ । तीन दिनअघि नै गुम्बामा पूजा गर्ने विधि थालिएको यो पर्वमा आगामी मंगलवारसम्म शुभकामना आदानप्रदान, लामा नाथ, गालीस्राप बहन्तीजस्ता गतिविधि गरिन्छन् । यो पर्व ओलाङचुङगोलामा मात्रै मनाइन्छ । पर्वमा यसपटक सात जना लामाले पाठपारायण गरिरहेका छन । यस्को नेतृत्व लेलेप लुङथुङका तेञ्जीङला लामाले गरेको छेतेन वताउँछन । उनीहरूले डिकिछ्योलिङ गुम्बाभित्र बसेर पूजापाठ गछर्न भने वाहिर निस्कीएर देवनृत्य देखाउँछन ।


फुटुक अवधिभर सामुहिक भोजन हुनेगरेको छ । गत वर्षदेखि फुटुक हेर्न वडा कार्यालयले सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ ।


सिमावर्ती गाउँ भएकाले चिनको तिब्बतका मानिस पनि आउने गरेका छन । तिब्बतवाट ओलाङचुङसम्म सडक निर्माणको योजना फुटुक पर्वमै बनेको थियो । ‘नया लगाउने, मिठो खाने मात्रै नभएर बिकासका योजना बनाउने काम पनि हुन्छ,’ स्थानिय नुपु भोटेले भने, ‘यसवेला बनाएको योजना भगवानलाइ साक्षी राखेर कार्यान्वयन गराउने बाचा गरिन्छ ।’ कार्तिक कृष्ण औषिको दिन समापन हुने पर्व सार्वजनिक रुपमा द्वितीयादेखि सुरु हुन्छ । गुम्बामा पाठको मिति भने तिथिका आधारमा लामाले तय गर्छन् । फुटुकका बेला प्रत्येक घरले ध्वजा फेछर्न ।


परापूर्वकालमा तिब्बतबाट आएकाहरुले बनाएको बस्ती भएकाले संस्कृति पनि उतैबाट आएको हुन सक्ने लेलेपका तेञ्जिङ शेर्पा वताउँछन । उनले यसलाइ प्रचार गर्ने उद्धेष्यले आफ्नै लगानीमा डकुमेण्ट्रि बनाएका थिए । देवता र राक्षसबीचको युद्ध प्रस्तुत गरिने यो पर्वमा अधर्म गर्नेको पराजय कसरी हुन्छ भनेर लामाले पाठमार्फत प्रष्ट्याउने स्थानियको भनाइ छ ।


पर्वका लागि गाउहलेहरुले आर्थिक संकलन गछर्न । बाहिर भएकाले पनि सहयोग पठाउछन । यहा ५६ परिवारको बसोवास छ, नजिकको बस्ती याङमामा ११ परिवार । फुटुकमा उनिहरु पनि भेला हुन्छन् । औसीको रातमा घ्यु र तेल लगाएर आगोको रापलाई गुम्वाको धुरी कटाएपछि फुटुक समापन हुन्छ । यसो गरेपछि त्यो वर्षभरि शुभ हुने छेतेनले बताए ।

प्रकाशित : मंसिर ८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?