१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोलामा डुबेर २ बालकको मृत्यु

अर्जुन राजवंशी

दमक — रतुवा खोलामा जेसीबीले खनेको खाडलमा डुबेर शनिबार दिउँसो २ बालकको मृत्यु भएको छ । 

खोलामा डुबेर २ बालकको मृत्यु

झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलामा पौडी खेल्न गएका बालकहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीकाअनुसार दमक १ का ९ वर्षीय आयुष पुर्कुटी र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ घर भई दमक १ मा बस्दै आएका १२ वर्षीय निश्चल चेम्जोङको खाडलमा डुबेर ज्यान गएको हो ।


रतुवा खोलामा पुल निर्माण चलिरहेकाले जेसीबीले खोला गहिराएको थियो । उक्त खाडलमा साथीहरुसँग पौडी खेल्न गएका दुवै बालकको डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयकुमार पण्डितले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले बताए ।


प्रकाशित : मंसिर ७, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?