२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आगलागीमा परी बालकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीमा आगलागी हुदाँ एक बालकलको जलेर मृत्यु भएको छ । स्थानीय चन्द्रबहादुर राईको घरमा कोही पनि नभएको अवस्थामा उनको ४ वर्षीय छोरा बिष्णुबहादुर राईले लाइटर खेलाउने क्रममा बिहीबार आगोलागी हुँदा घर भित्रै जलेर विष्णुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आगलागीमा परी फुसको छाना, ढुंगा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुगुर समेत करिव १८लाख रुपैयाँको क्षति भएको छ ।


आगलागीबाट स्थानीये बमबहादुर राईको फुसको छाना, ढुंगा माटोले बनेको २ तले घर, गाई गोठ, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ता कपडा समेत गरी करिव १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी सुकौराले जनाएको छ ।


प्रकाशित : मंसिर ६, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?