२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चुनाव प्रचारमा मापदण्ड मिचेर गाडी

सुनसरी — उपनिर्वाचनको प्रचारमा नेता कार्यकर्ताले निर्वाचन अधिकृतको अनुमतिबिनै सवारी साधन प्रयोग गरेको पाइएको छ । 

चुनाव प्रचारमा मापदण्ड मिचेर गाडी

निर्वाचन सहायक अधिकृत निधिराम दाहालका अनुसार धरान उपमहानगरको प्रमुख पदमा १२ जना जना दलका र ११ जना स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रचारमा छन् । आयोगले एक उम्मेदवारले एउटा चारपांग्रे सवारीसाधन र दुइटा मात्र मोटरसाइकल प्रयोग गर्न पाउने जनाएको छ । उम्मेदवारले चुनावी प्रचारमा प्रयोग हुने सबै सवारी साधनको विवरणसहित निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ ।


दाहालले भने, ‘धरानमा हालसम्म संघीय लिम्बुवान मंचका उम्मेदवार अमर इजमले मात्र आयोगको अनुमति लिएर सवारी साधन प्रयोग गरेको देखिएको छ । अन्य ठूला साना दलले अनुमति लिएका छैनन् । उनले निर्वाचन आचार संहिता लागु भइसकेकाले अनुमतिविना चुनावी प्रचारमा लगाइएका सवारी साधन प्रहरीले जफत गर्न सक्ने बताए ।


यसैवीच नेकपाले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कांग्रेसले दिएको लिखित उजुरीलाई निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । कांग्रेसले आचारसंहिता लागू भइसकेको अवस्थामा धरान उपमहानगरले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तरणको प्रक्रिया अघि बढाएको र संस्थानका कर्मचारीलाई बोर्डमा समायोजन गरेको भन्दै आयोगमा उजुरी दिएको थियो ।


आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डमा संस्थानको कर्मचारी समायोजन गर्ने र सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदको पहिलेकै निर्णय भएकाले आचारसंहिता प्रभावित नहुने जनाउदै उजुरी खारेज गरेको हो ।

प्रकाशित : मंसिर ५, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?