२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घट्यो बिजुली उत्पादन

ताप्लेजुङ — कावेली करिडोर १३२ केभिए प्रशारण लाइन अन्तर्गतको पाँचथर अमरपुरमा तीनवटा आयोजनाको बिजुली संकलन हुन्छ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने कावेली नदीबाट उत्पादित कावेली बी १ वाट २५, इवाखोला वाट १० र फावाखोलाको ५ गरी ४० मेगावाट उत्पादन क्षमता छ ।

घट्यो बिजुली उत्पादन

यहाँको बिद्युत राष्ट्रिय प्रशारण लाइनमार्फत पाँचथरको थापाटार, इलाम हुँदै झापाको दमकमा पुग्छ । अहिले यी तीनवटै खोलाबाट गरी जम्मा २८ मेगावाट मात्रै उत्पादन हुन थालेको छ । काबेली करिडोरका इञ्जिनियर सुशान्त ठाकुरका अनुसार मंसिर नलाग्दै ११ मेगावाट उत्पादन घटिसकेको छ । ठाकुरका अनुसार इवा र कावेलीवाट साढे २४ मेगावाट मात्रै उत्पादन हुन थालेको छ । यी दुई आयोजनाको अमरपुरमा एउटै मिटर भएकाले संयुत्तरुपमा परीक्षण हुन्छ । फावाखोलाबाट भने पाँचसय किलोवाट मात्रै घटेको छ ।


इवा र काबेलीको तुलनामा फावाखोलामा कम घटेको ठाकुर बताउँछन् । अमरपुरवार गएको बिद्युत थापाटारमा ३७ र इलाममा ८५ मेगावाट थपिन्छ । पूर्वका पहाडी जिल्लामा उत्पादित १ सय ६० मेगावाट दमक पुग्ने गरेको छ ।


पर्याप्त मात्रामा हिउँ पर्न नसकेका कारण पानीको सतह चाँडै घट्न थालेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य बताउँछन् । परेको पानीले रसाएको क्षेत्र सुक्दै गएको र हिउँपनि पग्लिइ सकेकाले पानी घट्नु स्वभाविक भएको उनले बताए । यसको असर बिजुलीमा मात्रै नभएर खानेपानीमा समेत पर्ने उनको दावी छ । अघिल्ला वर्ष यो सिजनमा सामान्य हिउँ परेको भए पनि यो वर्ष अहिलेसम्म परेको छैन । त्यसले पनि नदी तथा खोलामा पानीको मात्रा कम भएको छ ।


प्रकाशित : मंसिर ४, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?