कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घट्यो कच्चा पदार्थ आयात

विराटनगर — कच्चा पदार्थ आयातमा चर्को शुल्क लगाउदा तयारी वस्तु निकासी गर्न समस्या भएको भन्दै पूर्वका निर्यात गर्ने ठूला उद्योगले कच्चा पदार्थ आयात र उत्पादन कटौती गरेका छन ।

स्ट्रिल्स, प्रिमियर वायर, स्प्रिट, साबुन उद्योगलगायतका ठूला उद्योगले कच्चा पदार्थ आयात कटौती गरेका छन । कच्चा पदार्थ आयातमा सरकारले कर लगाउँदा उत्पादन लागत बढेपछि भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्नसक्ने स्थिती नभएपछि निर्यात गर्ने स्थिति नभएको भन्दै कच्चा पदार्थ आयात र उत्पादन कटौती गरेको सम्बद्ध उद्योगीको भनाइ छ ।


सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगले वार्षिक ५ अर्ब मूल्यभन्दा बढीको आइरन स्ट्रिल्सका सामान निर्यात गर्दै आएका थिए । उद्योगी पवनकुमार सारडाले भने सरकारले कच्चा पदार्थ आयातमा लगाएको शुल्कका कारण ती उद्योगले कच्चा पदार्थ आयात कटौती गरेर उत्पादन पनि कटौती गरेको बताए । सारडाका अनुसार आइरन एन्ड स्ट्रिल्स उद्योगका उत्पादन तीन महिनादेखि निकासी प्रायः ठप्प छ । यस क्षेत्रका स्ट्रिल्स उद्योगले वार्षिक ५ अर्बभन्दा बढीका स्ट्रिल्सका उत्पादन निर्यात गर्दै आएका थिए । प्रिमियर स्ट्रिल्स उद्योगका सञ्चालक सारडाका अनुसार पूर्वका स्ट्रिल्स उद्योगहरूले जीआई वायर भारततर्फ निकासी गर्दै आएका थिए । चालु आवदेखि सरकारले प्रतिटन कच्चा पदार्थ आयातमा १ हजार ६ सय ५० रुपैयाँ कर लगाएपछि भारततर्फको निर्यात प्रभावित भएको उनको भनाइ छ ।


सरकारले चालु वर्षदेखि जीआई वायरको कच्चा पदार्थ एमएस वायर रड आयातमा अन्तशुल्क लगाएपछि तयारी वस्तु आयात गर्दा भन्दा कच्चा पदार्थ आयातमा बढी महसुल लाग्न थालेपछि त्यससँग सम्बन्धित उद्योग प्रभावित भएका छन् । सुनसरी मोरङ औद्योगिक क्षेत्रका पाँचवटा जीआई वायर उद्योगले भारतबाट कच्चा पदार्थ आयात गरेर तयारी वस्तु निकासी गर्दै आएका थिए । सरकारको पछिल्लो कर नीतिका कारण ती उद्योगले चार महिनादेखि निकासी गरेका छैनन् ।


सरकारले जीआई वायरको कच्चा पदार्थ एमएस वायर रडको आयातमा चालु वर्ष प्रतिटन १ हजार ६ सय ५० रुपैयाँ अन्तशुल्क लगाएको छ । कच्चा पदार्थ आयातमा अन्तशुल्क लागेपछि कच्चा पदार्थ आयात गर्दा ८ प्रतिशत तर तयारी वस्तु आयात गर्दा ६ दशमलव २५ प्रतिशत महसुल लाग्ने गरेको सम्बद्ध उद्योगीको भनाइ छ । कच्चा पदार्थ आयातमा अन्तशुल्क लागेपछि जीआई वायरको उत्पादन लागत थप तिन प्रतिशतले महँगो हुँदा भारत निकासी प्रभावित भएको उनीहरूको गुनासो छ ।


सुनसरी मोरङ औद्योगिक क्षेत्रमा हुलास वायर, पायनियर वायर, प्रिमियर वायर, कमला स्टिल र महालक्ष्मी केबुल सञ्चालनमा छन् । मुलुकभरि यस्ता उद्योग करिब एक दर्जन छन् । गत आर्थिक वर्ष ०७५/७६ मा २ अर्ब १५ करोड १८ लाख मूल्य बराबरको २१ हजार टन जिआई वायर भारत निकासी गरेका थिए । जिआई वायरको कच्चा पदार्थ आयत गर्दा भन्सार र अन्तशुल्क गरेर ८ प्रतिशत महसुल पुगेको छ । साफ्टा सम्झौताअनुसार भारतवाट तयारी वस्तु जिआई वायर पैठारी गर्दा भन्सार महसुल ६ दशमलव २५ प्रतिशत मात्र लाग्छ । तर पछिल्लो समय कच्चा पदार्थ आयात गर्दा तयारी वस्तु आयात गर्दा भन्दा १ दशमलव ७५ प्रतिशत बढी महसुल लाग्न थालेको छ ।


जोगबनी नाकावाट चालु वर्ष औद्योगिक कच्चा पदार्थसहित ३० प्रकारका बस्तुको आयात गत वर्षको तुलनामा घटेको विराटनगर भन्सारको तथ्याङक छ । आयात घटेका बस्तुमा औद्योगिक कच्चा पदार्थ, गार्मेन्ट, आइरन स्ट्रिल्स, यातायातका साधन, यातायातका साधनका पार्टपुर्जालगायत छन् । औद्योगिक कच्चा पदार्थको आयत घटेसँगै भन्सारको राजस्व असुली पनि ४० प्रतिशतले घटेको छ । विराटनगर भन्सारले पहिलो तीन महिनामा १३ अर्ब ९४ करोड राजस्व संकलनको लक्ष्य राखिएकामा ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन भएको छ । भन्सारका एक अधिकारीका अनुसार बढी राजस्व असुली हुने सामान नै आउन छाडेपछि राजस्व असुली प्रभावित भएको हो ।


विराटनगर भन्सारका अनुसार चालु वर्ष आइरन एन्ड स्ट्रिल्स, लुब्रिकेटिङ, फ्याट्टी एसिड, कपडा, रंग उद्योगको कच्चा पदाथ, साबुन उद्योगको कच्चा, टिसर्ट, रड बनाउन प्रयोग हुने अर्ध प्रशोधित कच्चा पदार्थ, रड तथा रेलिङ उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वार एन्ड हट रोल, साबुन उद्योगहरूले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जनावरको बोसो लगायतका औद्योगिक कच्चा पदार्थको आयात निकै घटेको छ । त्यसैगरी पामतेल, स्वाइबिन तेल,

सनफ्लावर तेल उद्योगको कच्चा पदार्थ क्रुड तेल, एसी, तयारी सेरामिक्सका सामान र ब्याट्रीलगायत सामानको आयात बढेको भन्सारको तथ्यांक छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?