कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीमा सदर गराउने राम्रो मौका : रामचन्द्र पौडेल

आनन्द गौतम

ताप्लेजुङ — कांग्रेस नेता रामचन्द्र पौडेलले उत्तर दक्षिणको सीमा सदर गराउने राम्रो मौका भएको बताएका छन् । कार्यकर्ता भेटघाट तथा जागरण अभियानकालागि ताप्लेजुङ आएका उनले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा यसका लागि सरकारलाई कांग्रेसको बलियो साथ रहेको बताए ।

सीमा सदर गराउने राम्रो मौका : रामचन्द्र पौडेल

उनले दक्षिणबाट मात्रै नभएर उत्तरबाट भएको सीमा अतिक्रमणको पनि राज्यले तथ्यांक राख्नुपर्नेमा जोड दिए । यतिबेला दुईतिहाइको सरकारले बलियो खुट्टा टेक्नुपर्नेमा पौडेलको जोड छ ।


समयमै सीमा प्रशासन सजग भएको भए यस्तो अवस्था नआउने भन्दै उनले यसबाट पाठ सिकेर सीमा प्रशासन बलियो बनाउन आग्रह गरे । नेपाल र भारत दुवै देशमा स्थिर सरकार भएको बेला यो संवेदनशील विषय टुंग्याउन आग्रह गर्दै उनले नसके कांग्रेसलाई छोड्नुपर्ने बताए ।


कांग्रेस सीमा रक्षाका लागि सक्षम रहेको उनको दाबी छ । सरकार कांग्रेस सरकारको पालामा बनेका भौतिक संरचनाको उद्घाटन गर्दै हिँडेको आरोप लगाउँदै नयाँ योजना केहीपनि ल्याउन नसकेको दाबी गरे । एनसेलको कर उठाउन नसकेको, सुशासन कायम गर्न नसकेको, वाइड बढी मात्रै नभएर न्यारो वडीमा पनि कमिसनको चलखेल भएको र राज्यको ढुकुटीमा मनपरी गरेको आरोप पौडेलको छ ।


सरकारले चाहिँदो नचाहिँदो कर लगाएर जनतालाई आजित बनाएको बताउँदै उनले कम्युनिष्ट सरकार जनताको भरोसा बन्न नसकेको आरोप लगाए । महाधिवेशनको मिति निश्चित नभएकाले आफूले सभापतिको उम्मेदवारको विषयमा कुनै टुंगो नगरेको बताए । अरु पार्टीमा जस्तै आफ्नो पार्टीमा पनि छलफल बहस हुने गरेको तर विवाद नरहेको पौडेलको कथन छ । पाँचथर निर्वाचनको प्रचारमा आएका उनले जनतामा निर्वाचनको उत्साह रहेको पनि बताए ।

प्रकाशित : मंसिर २, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?