इलाममा ब्लड बैंक

कान्तिपुर संवाददाता

इलाम — रगत अभावमा ज्यानै नै जोखिममा पार्नु पर्ने इलामका बासिन्दाको संकट हटेको छ । लामो समयको प्रयासपछि नेपाल रेडक्रस सोसाइटीले इलाम अस्पतालमा आइतबारदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको छ । जसका कारण रगत आवश्यक हुना साथ दाता खोज्दै हिड्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । 

२२ वर्षदेखि आकस्मिक रक्तसञ्चार सेवा संचालन हुदै आएको इलाममा ब्लड बैंक सुरु भएको हो । कुनै पनि विरामीलाई रगतको आवश्यकता पर्दा तत्काल ग्रुप मिल्ने व्यक्तिको खोजी गर्नु पर्ने झन्झट थियो । इलाम अस्पतालकै एउटा कक्षमा सुरु भएको ब्लड बैंकमा पहिलो दिन नेपाली सेनाका जवानसहित स्थानीयले रगत प्रदान गरेका छन् ।

तत्काल चार वटा ग्रुपको ८ पिन्ट रगत वैंकमा जम्मा हुनेछ । ब्लड बैंकसञ्चालनकालािग रेडक्रसले नारायणस्थानमा २८ लाख खर्चेर भवन बनाए पनि सञ्चालनमा आएको थिएन । जर्मनबाट प्राप्त उपकरणलाई इलामअस्पतालमा नै जडान गरेर सेवा थालिए पनि केहि समयमा आफ्नै भवनमा ब्लड बैंकस्थापना गर्ने रेडक्रसले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

आचारसंहिता उल्लंघनमा ध्यानाकर्षण

उपनिर्वाचन २०७६
कान्तिपुर संवाददाता

सुनसरी — निर्वाचन अधिकृतको कार्यालयले धरान उपमहागनपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएका ११ स्वतन्त्र उम्मेदवारहरूलाई आइबार चुनाव चिह्न प्रदान गरेको छ । 

निर्वाचन कार्यालयले स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईलाई पानीको बोतल, अमृतकुमार राईलाई केटा र केटी, रुद्र बस्नेतलाई क्यामेरा, विशाल थापालाई व्याटमिण्टन कर्क, दावा शेर्पालाई इस्टकोट, एलिसा राईलाई चमेरो, श्याककृष्ण पहाडिलाई, वाकस, मनराज राईलाई व्याट्री, जनार्दज कोइरालालाई क्यालकुलेटर, कुमार भट्टराईलाई काउली र दिनेश श्रेष्ठलाई ज्यावल चुनाव चिन्ह दिएको हो ।

स्वतन्त्र उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेपछि कार्यालयमै विभिन्न राजनितिक दल, प्रहरी प्रसासनका पदाधिकारीको सहभागितामा आयोजित सर्वदलीय छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले आचार संहितामा ध्यान दिन आग्रह गरेका थिए ।

चुनाव प्रचार गर्ने क्रममा आचार संहिता उलंघन गरेर टांसिएका पोस्टर, व्यानरहरू प्रहरीले उप्काउदै ल्याउनुपरेको उल्लेख गर्दै भने, ‘निर्वाचन आचार संहिता र स्थानीय तह निर्वाचन आचार संहितामा स्पस्ट हुदाहुदै पनि धरानमा धेरै ठाउमा विभिन्न राजनितिक दलहरूले उलंघन गरेका पाइएका छन् । हामीले उलंघन भएका पर्चा पोस्टर व्यानर उप्काएर ल्याएका छौं । अवदेखि यसो नगर्न आग्रह गरिन्छ ।’

सर्वदलीय भेलामा उनले दिनभरी चुनावी अभियान भए पनि सांझ परेपछि होटल रेस्टुरामा कार्यकर्ता भेला भएर मद्यपान गरी झैझगडा गर्ने गरेको गुनासो आएकाले सोमबारदेखि उम्मेदवार विजयी घोषणा नभएसम्मकालागि धरानमा सांझ ९ बजेसम्ममात्र होटल रेस्टुरा बन्द हुने बताए । मतदातालाई प्रभावित पार्ने गरी नयां निर्माण कार्य पनि धरानमा मंसिर १४ सम्म बन्द गरिएको तर पहिलै देखि जारी भएको ठेक्का पट्टा निर्माण कार्य भने नरोक्ने उनले बताए । मतदान केन्द्रमा आयोगले आफ्नै कर्मचारी खटाउने भएकाले यसपटक धरान उपमहानगरपालिकाका कर्मचारी र शिक्षक नखटाउने बताए ।

प्रकाशित : मंसिर २, २०७६ १०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×