कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सडक नसाँघुर्‍याउन ध्यानाकर्षण

इटहरी — रानी–विराटनगर–इटहरी–धरान ६ लेन निर्माणाधीन सडक साँघुरो बनाइएको विषयमा विवाद चर्कदै गएको छ । सरकारको मापदण्डअनुसार ८२ फिट सडक विस्तार गरिनुपर्ने भएपनी इटहरीको मुख्य चोकदेखि आँपगाछीसम्म ६५ फिट मात्र विस्तारको काम जारी छ । 

विवादित रहेको ६ लेन सडकको काम तत्काल रोक्न र छलफल पछी मात्र काम सुचारु गर्न माग गर्दै युवा संघर्ष समितिले आइतबार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक मदन चुडालले ज्ञापनपत्र बुझाउदै रानी देखी किमाथांका जोड्ने मुख्य राजमार्गमा एकरुपता नहुनु दुखद कुरा भएको बताए ।


इटहरी नगरभित्र फरक फरक मापदण्डमा सडक निर्माणाधिन रहेको र भौतिक संरचना समेत भत्काउने काम विभेदपूर्ण भएको समितिको ठहर छ । इटहरी उपमहानगरपालिकाले आधिकारिक धारणा जारी नगरेसम्म निर्माण कार्य रोक्न समितिले जोडदार माग गरेको छ ।


माग पुरा नभए आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आयोजनाको बारे ध्यानाकर्षण गराउन २०१ सदस्य समिति रहने गरी संघर्ष समिति बनाएका हुन् ।

प्रकाशित : मंसिर २, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?