कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरू

कान्तिपुर संवाददाता

विराटनगर — कालापानी, लिपुलेख र लिम्यिाधुरालगायत नेपाली भूभाग अतिक्रमणविरुद्ध मोरङको बेलबारीमा स्रष्टाहरू भेला भएर शुक्रबार खबरदारी गरेका छन् । अतिक्रमणविरुद्ध साहित्यकार र संगीत क्षेत्रका स्रष्टाले खबरदारी गरेका हुन् ।

बेलबारी साहित्य विकास समिति, स्रष्टा समाज र विराट साहित्य समाजको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो । स्रष्टा आवाज नाम दिइएको कार्यक्रम शनिबार मोरङ विराटचोकमा आयोजना गरिने भएको छ । कार्यक्रममा भेला भएका सर्जकहरूले आफ्ना रचनामार्फत अतिक्रमणको विरोध गरेका थिए । यसैगरी संगीतमार्फत पनि एकताको सन्देश दिइएको थियो । कार्यक्रममा छबि वैरागी घिमिरे, राजेन्द्र कार्की, रेखा सुवेदी, उमा सिजापति, यज्ञ सुवेदी, विदुर सुवेदी, तिला लेकाली, इरान राई, राजु परिवार, राधा भट्टराईलगायत सर्जकहरूले सिर्जना प्रस्तुत गरेका थिए ।


भारतले संयुक्त राष्ट्रसंघीय घोषणापत्र उल्लंघन गर्दै सीमा मिचेकाले यो विषयलार्य अन्तर्राष्ट्रिकरण गरिनुपर्नेमा स्रष्टाहरूले जोड दिएका थिए । विभिन्न विद्यालयका विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?