जहाँ पर्दैनन् उजुरी

झापा — झापाका धेरैजसो प्रहरीचौकीमा उजुरीको चाङ लाग्ने गर्छ । बारम्बार दर्ता हुने उजुरीका कारण प्रहरीलाई भ्याइनभ्याइ हुने गर्छ । यही जिल्लामा एउटा यस्तो पनि प्रहरी चौकी छ, जहाँ वर्षौयता एउटै उजुरी दर्ता भएका छैनन् । भद्रपुर– ३ को मेचीपारि प्रहरी चौकीमा स्थापना कालदेखि नै कुनै किसिमको उजुरी दर्ता भएकै छैन । ‘अहिलेसम्म उजुरी दर्ता भएर कुनै मुद्दा लैजानु परेको छैन’, मेचीपारि प्रहरी चौकीका इन्चार्ज असई मदनबहादुर बस्नेतले भने, ‘सानो गाउँ छ, झै झगडा या मुद्दा मामिला गर्ने फुर्सद कसैलाई छैन ।’


रुपन्देही — भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल तरुण दल रुपन्देहीले बेलहीयाको दशगजामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले रुपन्देहीको दशगजामा प्रदर्शनसहित विरोध गरेको हो । भारतीय हेपाहा प्रवृत्तिको विरोध र सरकार मौन बसेको आरोपसहित तरुण दलले सीमा नाका बेलहियामा प्रदर्शन गरेको तरुण दलका जिल्ला सभापति सोम गुरुङले बताए । कालापानी, लिपुलेक हाम्रै हो, भारतीय सेना गर्दे खाली भन्ने नारासहित तरुणले सभा गरेको थियो ।
