विस्फोटका आरोपित पक्राउ

कान्तिपुर संवाददाता

सुनसरी — विद्यालयको प्रवेशद्वारमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । धरान–१८ स्थित दिल्ली पब्लिक स्कुलको प्रवेशद्वारमा गत भदौ २० गते राति भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा मोहन बस्नेत, सागर राई र सुरेशकुमार राई पक्राउ परेका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक आवासीय क्षेत्रभित्र रहेको उक्त स्कुलको गेटमा विस्फोट भएपछि प्रहरीले तीनै जनाको खोजी गरिरहेको थियो । दुहबी–८ का बस्नेतलाई इटहरीबाट, भोजपुर ट्याम्के मैयुम २ घर भई हाल धरान–११ बस्दै आएका सागर र धरान–११ बस्ने सुरेशलाई सुनसरीको रामधुनी ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?