१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि ११ स्वतन्त्रसहित १७ जनाको मनोनयन

प्रदीप मेन्याङ्बो

काठमाडौँ — सुनसरी धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि ११ स्वतन्त्र सहित १७ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका तिलक राई,  नेकपाका प्रकास राई,  समाजवादी पार्टीका गजेन्द्र इस्बोले मनोनयन दर्ता गराएका छन् ।

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि ११ स्वतन्त्रसहित १७ जनाको मनोनयन

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, संघीय लोकतान्त्रिक मञ्चका अमर इजम, राप्रपा कमल थापा पक्षका रोशन बिक, राप्रपा संयुक्तका कुमार बरैली, साझा पार्टीका राजनकुमार श्रेस्त, राप्रपा लोकतान्त्रिका भिमबहादुर लिम्बु, संघीय खम्बुवानका एलिसा राई र आमुल परिवर्तनका छ्त्रबहादुर बिकले मनोनयन दर्ता गराएका छन् ।


निर्वाचन आयोगले बुधबार दिउँसो १ बजे सम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकेको थियो ।



प्रकाशित : कार्तिक २७, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?