१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुर्घटनामा २ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचथरमा मंगलबार राति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङका चालक विनोद तामाङ र हिलिहाङ–२ का भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।


दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?