कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशासनसँगै समृद्धि : मुख्यमन्त्री राई

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताले सुशासनको प्रत्याभूति गरेसँगै समृद्धि आउने बताएका छन् । अमेरिकी दुतावासको सहयोगमा उद्योग संगठन मोरङले आयोजना गरेको स्थानीय सरकारका पदाधिकारीहरूका लागि सुशासनसम्बन्धी तीन दिने तालिमको मंगलबार उद्घाटनपछि उनले यस्तो बताएका हुन् ।

सुशासनसँगै समृद्धि : मुख्यमन्त्री राई

‘जनतालाई सुशासनको प्रत्याभूति नगराएसम्म विकास र समृद्धि नारामै सिमित रहन्छ,’ उनले भने, ‘स्थानीय तहको वडा कार्यालयबाटै सुशासनको प्रत्याभूति गराउनु पर्छ ।’ ऐन, नियम, नीति, योजना तथा कार्यक्रम निर्माण र त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष सहभागिताले मात्रै सुशासनको प्रत्याभूति हुने राईको भनाई थियो ।


सडकमा घण्टौं जाममा बस्ने, असुरक्षित यात्रालगायतको हरेक किसिमको झन्झटबाट मुक्त भएर कानुन अनुसारको सेवा सुविधा उपलब्ध भए मात्रै देश, प्रदेश र स्थानीय तहमा सुशासन कायम हुने भएकोले त्यसतर्फ सबैले जिम्मेबार भएर भूमिका निर्वाह गर्नुको विकल्प नभएको उनले सुनाए । तालिममा प्रदेश १ का विभिन्न जिल्लाबाट २२ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?