उदयपुरमा गोली लागेर १ को मृत्यु
उदयपुर — जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोलीको छर्रा लागेर मृत्यु भएको छ ।
गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको डिएसपी केसीले बताए । ‘गोली कसरी लाग्यो, कसले चलायो थप अनुसन्धान गरिरहेका छौं’ केसीले भने, ‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।’ पोस्टमार्टमका लागि शव कटारी अस्पत्तालमा ल्याइएको छ ।
प्रतिक्रिया