१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उदयपुरमा गोली लागेर १ को मृत्यु    

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोलीको छर्रा लागेर मृत्यु भएको छ । 

उदयपुरमा गोली लागेर १ को मृत्यु    

गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको अनुमान गरिएको छ ।


घटनाबारे अनुसन्धान भइरहेको डिएसपी केसीले बताए । ‘गोली कसरी लाग्यो, कसले चलायो थप अनुसन्धान गरिरहेका छौं’ केसीले भने, ‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।’ पोस्टमार्टमका लागि शव कटारी अस्पत्तालमा ल्याइएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?