कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सीमा मिचेकोविरुद्ध विद्यार्थीद्वारा प्रदर्शन

कान्तिपुर संवाददाता

(विराटनगर) — भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

सीमा मिचेकोविरुद्ध विद्यार्थीद्वारा प्रदर्शन

व्यवस्थापन क्याम्पस इकाइको आयोजनामा निस्किएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।


संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लिपियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।


विद्यार्थीले बरु अहिले रेल र पानीजहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने सुझाव दिए ।


प्रकाशित : कार्तिक २६, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?