उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने

कान्तिपुर संवाददाता

संखुवासभा — निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने बताएका छन् । 

उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने

जिल्ला निर्वाचन कार्यालयले आइतबार खाँदबारीमा आयोजना गरेको विपद निरुपण सम्बन्धि कार्यक्रममा थपलियाले विवाद रहित र उपनिर्वाचन नमूना बनाउने पनि दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।


प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि यो पटक घटाएको बताए ।


उनले प्रचार अवधि लम्बिदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए ।


मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका ३ का लागि वडाध्यक्षका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : कार्तिक २४, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?