भरुवा बन्दुक पड्केर मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — बाँदर खेद्ने क्रममा भरुवा बन्दुक पड्केर ओखलढुंगामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मोलुङ गाउँपालिकाका १७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको हो । 

भरुवा बन्दुक पड्केर मृत्यु

बाली खाएर नष्ट गर्ने बाँदरलाई खेद्ने क्रममा उनीसँगै गएका चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्केर लाग्दा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?