उपचारमा खर्च अभाव

कान्तिपुर संवाददाता

संखुवासभा — रक्त क्यान्सर भएका खाँदबारी नगरपालिका १ का ७ वर्षीय बालकको उपचारमा खर्च अभाव भएको छ । कक्षा २ मा अध्ययनरत घनेन्द्र बुढाथोकीलाई ब्लड क्यान्सर भएपछि उनका बुबा सेमन्त बुढाथोकीले छोराको उपचार खर्च अभाव भएको बताए । खाँदबारीस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनमार्फत उनका बुबा बुढाथोकीले छोराको ज्यान बचाइदिन अपिल गरेका हुन् ।

काठमाडौंको कान्ति बाल अस्पतालमा छोरोको उपचार भइरहेको र अझै वर्ष दिन अस्पतालमै राखेर उपचार गराउनुपर्ने भएको उनले बताए । छोराको प्रत्येक तीन दिनमा रगत फेर्नुपर्ने भएपछि खर्च अभावमा उपचारमा समस्या भएको हो । छोराको उपचारमा २० देखि २५ लाखसम्म लाग्ने अस्पतालको भनाइ छ । उपचारका लागि खर्च अभावमा छोरालाई अस्पतालबाट घर ल्याउनुपर्ने बाध्यता रहेको उनको बताए ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाथीभरामा १६ हजार किलो तामाको द्वार

कान्तिपुर संवाददाता

(ताप्लेजुङ) — पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो । 

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ । यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठहरू अहिले पनि राखिन्छन् ।

द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाइ उजिल्याएर पाता/पाता बनाएर ल्याएर जडान गरिएको हो । पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ । यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखलासँगै तस्बिर लिनेहरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT