३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विमानस्थल स्तरोन्नति गरिँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अवरुद्ध नहुने गरि स्तरोन्नति गरिरहेको छ 
कान्तिपुर संवाददाता

(ताप्लेजुङ) — सुकेटार विमानस्थल स्तरोन्नतिका क्रममा उडान अवरुद्ध नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अवरुद्ध नहुने गरी स्तरोन्नति गरिरहेको जनाएको छ ।

विमानस्थल स्तरोन्नति गरिँदै

प्राधिकरणका सुकेटार विमानस्थल प्रमुख रूपेश मुरारकाका अनुसार ढिस्को आधा फुटाउँदा धावनमार्गमा ढुंगा माटो झर्न दिइएको छैन । ‘पहिलोपटक विमानस्थलको काम गरेकाले सुरुमा केही समस्या देखियो,’ मुरारकाले भने, ‘पाँच घण्टा काम रोकेर विमानस्थललाई असर नपर्ने गरीको योजना बनाएर कामको बाटो लगायौं, अब समस्या हुँदैन ।’


८ करोड ९९ लाख ५० हजारमा कामको जिम्मा लिएको कृष्ण बंगलामुखी जेभी कन्ट्रक्सनले विमानस्थलको पूर्वपट्टिको ढिस्को फुटाउने, धावनमार्गको ५० मिटर कालोपत्रेको भाग भत्काएर ग्रेड मिलाउने र थप १ सय ५० मिटर धावनमार्ग कालोपत्रे गर्ने जिम्मेवारीमा उल्लेख छ । यसबाहेक यात्रु प्रतीक्षालय, प्रवेशमार्ग निर्माण, सुरक्षा जाँच कक्ष व्यवस्थापनलगायत काम छन् । अहिले विमानस्थलको धानवमार्ग ७ सय मिटर लम्बाइ कालोपत्रे छ । चौडाइ २० मिटरको छ । स्तरोन्नतिपछि नौ सय मिटर हुनेछ । थप विस्तारपछि जहाज विमानस्थलको उत्तर र दक्षिण दुवैतर्फबाट उडान तथा अवतरण गर्न सकिने विश्वास प्राधिकरणको छ । अहिले दक्षिण दिसाबाट मात्रै अवतरण हुँदै आएको छ । भित्ताको ढिस्कनुमा ठोकिने त्रासका कारण उत्तरबाट मात्रै राखिएको हो । विमानस्थल निर्माणपछि भने परीक्षण उडानमा दुवैतर्फवाट अवतरण गरिएको थियो ।


यो विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, बुधबार र शनिबार काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको छ । निगमको अलावा समिट, तारा, गोमा एयरले उडान गरेका छन । तर निजी विमान कम्पनीले भने नियमित उडान गरेका छैनन् ।


आधामा ठेक्का

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले १६ करोड विनियोजन गरेपनि आधामा ठेक्का लागेको छ । दुई वर्षमा सक्ने गरी खुलाइएको ठेक्कामा खड्का कृष्णबंगलामुखी जेभी कन्स्ट्रक्सनले ८ करोड ९९ लाख ५० हजार ३ सय ४९ रुपैयाँमा ठेक्का पारेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपाने जनाए । यो बजेटबाट पूर्वतर्फको ढिस्को भत्काउने, १५० मिटर कालोपत्रे गर्नेलगायतका काम गर्नुपर्छ ।


प्रकाशित : कार्तिक २०, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?