पदमुक्त गरिनु स्वभाविक : तुम्बाहाङ

विनु तिम्सिना

विराटनगर — प्रदेश १ को प्रदेश प्रमुखबाट पदमुक्त गोविन्दबहादुर तुम्बाहाङले सरकारले पदमुक्त गरेको निर्णयलाई आफूले स्वभाविक र सहज रुपमा लिएको बताएका छन् । 

पदमुक्त गरिनु स्वभाविक : तुम्बाहाङ

सोमबार मुख्यमन्त्री शेरधन राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल लगायतसँगको बिदाई भेटमा उनले आफ्नो पद तीन महिनाका लागि मात्रै हो भनेर मानसिक रुपमा तयार रहेको बताए ।


‘तीन महिनाकालागि मात्रै भनेर आएको थिएँ,’ उनले भने, ‘पहिले नै पदमुक्त हुने अनुमान भएपनि यतिका दिन बसेर काम गर्ने अवसर प्राप्त गरेकोमा सन्तुष्ट नै छु ।’


प्रदेश प्रमुखलाई मायाको चिनो प्रदान गर्दै मुख्यमन्त्री राईले कार्यरत अवधिमा सुखद सहकार्य भएको भन्दै प्रशंसा गरे । मुख्यमन्त्री राईले सरकार र प्रदेश प्रमुखबीच सौहार्दपूर्ण सम्बन्ध रहेकाले पदमुक्त नगर्दा हुने भन्ने सुझाव दिएको स्मरण गरेका थिए ।


राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । तत्कालीन् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरुको नियुक्ति गरेको थियो ।

प्रकाशित : कार्तिक १८, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?