कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

महानगर प्रमुखले फेरि गरे सडक दण्डप्रणाम

विनोद भण्डारी

(विराटनगर) — छठी मातासँग विराटनगर महानगरपालिकावासीको समृद्धि र विकासको कामना गर्दै महानगर प्रमुख भीम पराजुलीले यस वर्ष पनि करिब साँढे ३ किलोमिटर सडकमा दण्डप्रणाम गर्दै जलाशय किनार सिंघीया घाटको यात्र सुरु गरेका छन् । यो उनको १५ औ दण्डप्रणाम यात्रा हो ।

महानगर प्रमुखले फेरि गरे सडक दण्डप्रणाम

शनिबार बिहान साँढे १० बजे स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा साँझ ५ बजेसम्म सिंघीया जलाशय पुगेर टुंगिने पराजुलीको अनुमान छ । उनलाई यसपालि पत्नि रञ्जीता र भतिजा प्रमेशले साथ दिएका छन् ।


साँझ जलाशय क्षेत्रमा पुगेर अरु ब्रतालुझैं अस्ताउँदो सूर्यलाई जल चढाएर उनी पैदल घर फर्कने छन् । पराजुलीले आइतबार बिहान उदाउँदो सूर्यलाई पनि जल चढाउन जलाशय पुग्ने पनि बताए ।


सडकमा दण्डप्रणाम गर्दै जलाशयसम्म पुग्नुलाई छठ पर्वको सबैभन्दा कठिन ब्रत मानिन्छ । यो ब्रत बस्दा मनले चिताएको पूरा हुने विश्वाससहित विगत १५ वर्षदेखि यो प्रक्रियालाई निरन्तरता दिँदै आएको उनले बताए । उनको यसपालिको मनकामना महानगरवासीको समृद्धि, विकास र शान्ति सुरक्षा छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?