कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

करेन्ट लाग्दा मामा भान्जाको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — माछा मार्ने क्रममा करेन्ट लाग्दा उत्तरी झापाको बुद्धशान्तिमा मामा-भान्जाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका ४ को नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै माछा मार्ने क्रममा स्थानीय १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाउनका आएका उनका मामा अन्दाजी ३५ वर्षीय मनिराम राईको शनिबार बिहानै ज्यान गएको हो । 

हात्ती आतंक रोक्न सामुदायिक वन हाताभित्र विद्युतीय तारबार लगाइएको थियो । त्यही तारबारको करेन्टमा परी उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?