विद्यालय भवनमा गाउँपालिका

कान्तिपुर संवाददाता

खोटाङ — केपिलासगढी गाउँपालिकाले विद्यालयको भवनबाट कामकाज गरिरहेको छ । आफ्नो भवन नभएपछि पृथ्वी माविको भवनबाट कामकाज गरिरहेको हो ।

आफ्नो भवन नभएकाले विद्यालयको भवनबाट कामकाज गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । राईका अनुसार उपाध्यक्षको कार्यकक्ष, सभाहल, वडा नं ४ को वडा कार्यालय स्कुलकै भवनमा सञ्चालन भएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा लगायतको कार्यकक्ष साविक गाविसको भवनबाट सञ्चालन भइरहेको राईले सुनाए ।


‘विद्यालयको भवन पर्याप्त छ,’ अध्यक्ष राईले थपे, ‘आगामी वर्ष आफ्नै भवनबाट कार्यसम्पादन सुरु गरिन्छ ।’ राईका अनुसार १२ कक्षासम्मका लागि छ वटा विद्यालय भवन भएकाले विद्यालयलाई कुनै समस्या छैन ।


गत वर्षबाट गाउँपालिकाको भवन निर्माणमा बजेट विनियोजन गरे पनि भवन अपूरै छ । गाउँपालिकाले ३ करोड २२ लाख रुपैयाँको लागतमा भवन बनाउने योजना बनाएर उपभोक्ता समितिमार्फत क्रमागत रूपमा खर्च गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।


प्रकाशित : कार्तिक १४, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?