ठगी गर्ने नगदसहित पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । चिचिला १ का राजकुमार राई नगद ५८ हजारसहित पक्राउ परेको डीएसपी मिमबहादुर लामाले बताए । 

राईले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि भिडेका एक युवासँग ८० हजारमा जागिर लगाउने सहमति गरेका थिए । उनले पेस्कीस्वरूप लिएको ५८ हजारसहित उनलाई पक्राउ गरिएको हो ।


सेनाको सूचनाका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनायो । उनलाई ठगीअन्तर्गत मुद्दा दर्ता गरिएको छ । सदरमुकाममा रहेको सेनाको बराह दल गुल्मले १ सय जनाका लागि खाँदबारीमा भर्ना खुलाएको थियो ।


प्रकाशित : कार्तिक ६, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?