१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । 

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चिचिला गाउँपालिका १ का राजकमार राईलाई प्रहरीले नगद ५८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।


राईले सदरमुकाम खाँदबारीमा एक युवकसँग ८० हजार रुपैयाँ तिरे सेनामा जागिर लगाइदिने सहमति गरेर पेश्की स्वरुप उक्त रकम लिएको डीएसपी मीमबहादुर लामाले बताए ।


सेनाको सूचनाका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनायो । उनलाई ठगी अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सदरमुकाममा रहेको सेनाको बराह दल गुल्मले १ सय जनाको लागि खाँदबारीमा भर्ना खुलाएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?