कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुरक्षा भत्तामा अनियमतिताबारे उजुरी, बसाइँ सरेकालाई पनि भत्ता

कान्तिपुर संवाददाता

खोटाङ — बराहपोखरी गाउँपालिका वडा नम्बर–१ बराहपोखरीमा सामाजिक सुरक्षाभत्तामा अनियमिता भएको भन्दै गाउँपालिकामा उजुरी परको छ । मृत्यु भइसकेका र बसाइँ सरेकाहरूको नाममा रकम निकालेर अनियमित गरिएको भन्दै उजुरी परेको हो ।

बराहपोखरी गाउँपालिका वडा १ का खड्गमाया थापा मगर, गर्भीमाया तामाङ, दान्जीमाया तामाङ, निरमायाँ मगर, बलमाया मगर, विष्णुलक्ष्मी श्रेष्ठ, डम्बरकुमारी श्रेष्ठ, ज्ञानलक्ष्मी श्रेष्ठ, चन्द्रमायाँ खड्का, कौशिलादेवी आचार्य र मदनकुमारी राईको नाममा रकम निकालेको खुलेको छ ।

त्यस्तै हर्कबहादुर मगर, सनमान थापा मगर, लालबहादुर राई, मनमायाँ राई, बुद्धिमान आले मगर, भक्तबहादुर कार्की, बमबहादुर खत्री, देवीप्रसाद श्रेष्ठ, तीलकबहादु राई र कपिलबहादुर थापाको नामको भर्पाईमा रकम निकासा भएको देखिन्छ ।

त्यस्तै बसाईँ गएका व्यक्तिको नाममा पनि भर्पाइ पेस गरेर रकम निकासा भएको देखिन्छ । बसाईँसराइँ गरेर विराटनगर गएको भए पनि उनको नाममा रकम निकासा भएको छ । मङ्गली घिमिरेको नाम नहघाएपछि बराहपोखरी र विराटनगर दुबै ठाउँबाट दोहोरो सुविधा लिएको पाइएको उजुरीमा उल्लेख छ ।

त्यसैगरी उदयपुर बसाइसराइ गएकी गङ्गामाया पौडेलले पनि दोहोरो सुविधा लिएको भन्दै स्थानीयले उजुरी दिएको गाउँपालिका उपाध्यक्ष गोमा मगरले बताइन् । यसबारेमा उजुरी दर्ता गरेर छानबिन प्रक्रिया बढाइने उपाध्यक्ष मगरले सुनाइन् । ‘सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको भन्ने उजुरी आएको छ ।’ मगरले भनिन्, ‘अध्यक्षज्यू कार्यालयमा आउनुभएपछि दर्ता गरेर छानविन सुरु हुन्छ ।’

प्रकाशित : कार्तिक ५, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?