कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई देशका प्रतिनिधिबीच समन्वय

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र छिमेकी भारतीय सहरका जनप्रतिनिधिबीच समन्वयमा काम गर्नेबारे आइतबार छलफल गरिएको छ  । भारतको जोगबनी नगर पञ्चायत, फारविसगन्जका मेयर, उपमेयर, वडा पार्षदहरू र महानगरका प्रतिनिधिबीच सम्मिलित आइतबार छलफल गरिएको हो  ।

छलफलमा विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगायत सहभागी थिए । यसैगरी भारततर्फको जोगबनी नगरपञ्चायत मेयर अनिता देवी, फासविसगन्ज नगरपालिका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पञ्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद, उपपार्षद सहभागी थिए ।


विराटनगर र जोगबनी दुवै क्षेत्रमा वर्षाका बेला हुने बाढीको प्रकोप समाधान गर्न सीमा क्षेत्रका जनप्रतिनिधि सम्मिलित बैठकबाट पहल गर्ने सहमति गरिएको छ । यसैगरी सीमाक्षेत्रमा लागूऔषध प्रयोगमा नियन्त्रणका लागि समन्वय गर्ने, मानव बेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमति भएको जनाइएको छ । विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगन्ज नगर परिषदबवीच भगिनी सम्बन्ध कायम गर्न प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?