अपांग महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीका असई पक्राउ

कान्तिपुर संवाददाता

सुनसरी — स्थानीय एक ४५ वर्षीय बोल्न नसक्ने अपांग महिला बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानका एक असई पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी असई धरान– ४ पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज पिताम्बर अधिकारी रहेका छन् ।


गत असोज २५ गते ती महिलालाई असई अधिकारीले जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाका आफन्तले इप्रका धरानमा शुक्रबार किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।

किटानी जाहेरी परेपछि शनिबार बिहान प्रहरीले जनप्रतिनिधिको रोहबरमा स्थलगत मुचुल्कासमेत उठाएको छ।

बलात्कार आरोप लागेपछि अधिकारीलाई निलम्बन प्रक्रियापनि सुरु भएको प्रहरीले जनाएको छ।

पीडित महिलाको जेठा छोरा विवाह गरेर भारतमा काम गर्न गएका र छोरीहरुको विवाह भइसकेको छ।

प्रकाशित : कार्तिक ३, २०७६ १७:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

कान्तिपुर संवाददाता

बझाङ — नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका–८ का डिल्ली उपाध्याय रहेका छन् । 

उपाध्यायले थलारा गाउँपालिका कै पदम सार्कीबाट नेपाली सेनामा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले सेनाका मान्छे सँग आफ्नो राम्रो सम्पर्क रहेको र उनीहरुलाई रकम दिएर जागिर लगाई दिने भन्दै रकम ठगी गरेको डीएसपी गणेश बमले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT