ऊर्जा समस्या समाधान गर्न माग

कान्तिपुर संवाददाता

विराटनगर — लोडसेडिङको समस्या समाधान भए पनि बारम्बरको ट्रिपिङ र कम भोल्टेज आउने समस्याका कारण उद्योग व्यवसाय आक्रान्त भएको भन्दै पूर्वका उद्योगी व्यवसायीले विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष यस्तो समस्या राख्दै समाधानको पहल गरिदिन आग्रह गरेका हुन् । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको छलफलमा कम भोल्टेज आउनेलगायत विभिन्न समस्याका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रले आर्थिक नोक्सानी व्यर्होनु परिरहेको उद्योगीले बताए । अनियमित बिजुलीका कारण मेसिन बन्द हुँदा कच्चा पदार्थ खेर जाने, उपकरणमा क्षति हुने अनि ठूलो आर्थिक भार बहन गर्नुपर्ने देखिएको प्राधिकरणसमक्ष व्यवसायीले बताए ।


संगठनका अध्यक्ष भीम घिमिरेले औद्योगिक क्षेत्रमा देखिएको ऊर्जा समस्या अन्त्य गर्न माग गरेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रदेश १ का लागि ट्रान्समिसन लाइन बन्ने क्रममा रहेकाले आगामी २ वर्षभित्र यस क्षेत्रमा प्रशस्त मात्रामा विद्युत् उपलब्ध हुने बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?