कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भोक हडतालमा उत्रने चेतावनी

कान्तिपुर संवाददाता

सुनसरी — १९ महिनाअघि नेपाल सरकार, ब्रिटिस सरकार र गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता कमिटीले बुझाएको प्रतिवेदनलाई नेपाल र बेलायत सरकारले बेवास्ता गरेको पूर्वगोर्खा सैनिकले आरोप लगाएका छन् । ब्रिटिस गोर्खाका नेपालीमाथि विभेद भइरहेको भन्दै उनीहरूले आगामी कात्तिक २१ देखि काठमाडौं र लन्डनमा एकसाथ भोक–हडताल गर्ने तयारी गरेका छन् । 

यसबारे जानकारी दिन धरान आएका गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले तीन दशकदेखिको गोर्खा आन्दोलनलाई कतैबाट सुनुवाइ नभएपछि एकसाथ भोक हड्तालमा उत्रने तयारीमा जुटेको बताए । उनले भने, ‘२२ मार्च २०१८ मा नेपाल, बेलायत र संघर्ष समिति सम्मिलित कमिटीले तयार गरेको प्रतिवेदन दुवै सरकारलाई बुझाइसके पनि हालसम्म कार्यान्वयन गर्ने संकेत देखिएन । अब बेलायत र नेपाल सरकारलाई प्रतिवेदनका विषयमा फेरि अल्टिमेटम दिनेछौं ।’


कात्तिक १८ र १९ गते काठमाडौंमा बेलायत, क्यानडा, अस्ट्रेलियासहित ५ देशका प्रधानमन्त्रीको सहभागितामा दुईदिने सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा गोर्खासम्बन्धी जानकारहरूको समूहले श्वेतपत्र जारी गर्दै भोक हड्तालको अल्टिमेटम दिने संयोजक राईले बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?