उद्योगमा महिला मजदुरको भर

कान्तिपुर संवाददाता

(विराटनगर) — पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको संख्या बढी भएको छ । दुई जिल्लाका साना ठुला झण्डै पाँचसय उद्योगमा ५० हजारभन्दा बढी मजदुर छन । आधाभन्दा बढी महिला छन् ।

उद्योगमा महिला मजदुरको भर

पुरुष मजदुरको अभाव बढेसँगै यहाँका उद्योगले पनि महिला कामदारलाई आकर्षित गर्न घरवाट वसमा ल्याएर काम सकिएपछि बसमै घरसम्म पुर्‍याउने देखि लिएर सेवा सुविधा र सुरक्षाको प्रबन्ध गरेका छन् । उद्योगले महिला मजदुरको रोजगारीको स्थायित्वका साथै व्यक्तिगत सुरक्षाको प्रबन्धमा समेत प्रबन्ध मिलाएको पाइएको छ । यस क्ष्त्रेका खास गरी बिस्कुट, चाउचाउ, साबुन ,चप्पल, मल्टिफाइवर्स र जुट लगायता उद्योगमा महिला मजदुरको भरथेग छ ।


विभिन्न ६ वटा जुट मिलमा कार्यरत मध्ये झण्डै ८० प्रतिशत मजदुर महिला छन । ‘सवै जुट उद्योग महिला मजदुरमै निर्भर छन भन्दा पनि हुन्छ’ जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘ महिलाले काम नगर्ने हो भने उद्योगै बन्द हुने स्थिती छ ।’


सबै जुट उद्योगले मजदुरलाई घरवाट ल्याउन र काम सकेपछि घर पुर्‍याउन मजदुर बसको व्यवस्था गरेका छन । मजदुर बस सुविधाकै कारण महिला मजदुर राती बाह्र बजेपनि काममा आउने र घर जाने गर्छन । मोरङको कटहरी, मिल्स एरिया, हात्तिमुढा र सुनसरीको दुहवी र सोनापुरमा रहेका जुट उद्योगमा काम गर्न उद्योग देखि ४० किलोमिटर टाढावाट पनि महिला मजदुर आउने गरेका छन । चालु जुट उद्योगमा झण्डै १५ हजार मजदुर छन । गोल्छाका अनुसार तीमध्ये ८० प्रतिशत महिला छन ।


खनारको रिलायन्स स्पीनिङ उद्योगमा वाह्र सय भन्दाबढी महिला मजदुर छन । ‘महिला मजदुर नहुने हो भने उद्योगका अधिकाँश विभाग बन्द नै हुने स्थिती छ’ उद्योगका मजदुरको समय व्यवस्थापन गर्ने इन्चार्ज जीवन बुढाथोकीले भने‘ पाँचवर्ष पहिला उद्योगमा महिला मजदुरको सख्या न्यून थियो । अहिले महिला मजदुर मात्र १२ सयभन्दा बढी छन् ।’


प्रकाशित : कार्तिक १, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?