३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आमाछोरीको हत्या आरोपमा युवक पक्राउ  

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका – ९ चौकीबारीमा आमाछोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

आमाछोरीको हत्या आरोपमा युवक पक्राउ  

असोज २४ गते राति २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारीको हत्या गरेको आरोपमा सिराह लहान नगरपालिका – २ मटेरूवा स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका – ३ मोतिगडामा मिठाई पसल सञ्चालन गर्दै आएका ४० वर्षीय रामहरि साहलाई पक्राउ गरिएको हो । साहलाई बिहीबार दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।


धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरिएको अवस्थामा गत शनिबार शारदा र उनकी छोरी रचनाको शव घरभित्रै भेटिएको थियो । आरोपी साह शारदासँग प्रेममा परेका थिए । शारदासँगको प्रेम कै कारण परिवारबाट समेत बहिष्कृत साहले घर छोडेर एक्लै मेतिगढमा पसल गरेर बस्दै आएका थिए ।


साह शारदासँग विवाह गर्ने सोचमा रहेको र शारदाले पछिल्लो समय वास्तै गर्न छोडेपछि हत्याको योजनामा पुगेको प्रहरीले जनाएको छ ।


शारदाका हत्यापछि फरार साहलाई पक्राउ गरि उनको कोठमा खनतलासी गर्दा शारदाले लगाएको सुनको गरगहना (कानमा लगाउने) सुनको २ वटा बटारेको (बेरुवा) रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) समेत फेला पारिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

प्रकाशित : आश्विन ३०, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?