सुँगुरको पित्त खाँदा कैदीको मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

विराटनगर — दसैंमा काटिएको सुँगुरको पित्त खाँदा पाँचथर जिल्ला कारागारका ३ जना कैदीले ज्यान गुमाएका छन्  । ज्यान गुमाउनेमा फिदिम नगरपालिका १० का जयप्रसाद जवेगू र फालेलुङ ८ का बुद्धि केरुङ र फालेलुङ ८ का सुन्दर राई रहेको प्रहरीले जनाएको छ  ।

कारागार प्रमुख सुरेन्द्र मुखियाका अनुसार कैदी बन्दीका लागि दसैं मनाउन कारागारमा तीनवटा सुँगुर काटिएको थियो । तीनवटै सुँगुरको पित्त जवेगु, केरुङ, राई र दिनेश खजुमले पकाएर खाएका थिए । खाएपछि झाडा बान्ता सुरु भई उनीहरूलाई राति पाँचथर अस्पताल लगिएको थियो । बुद्धिको अस्पतालमै ज्यान गएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तामोड बी एन्ड सी अस्पताल पठाइएका जवेगु र राईको पनि अस्पतालमै ज्यान गएको कारागार प्रशासनले जनाएको छ । दिनेश खजुम भने सामान्य अवस्थामा फर्किएका छन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५५ वटा दुर्घटना, ६ को मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — दसैंमा जिल्लामा ५५ वटा सवारी दुर्घटनाको घटना हुँदा ६ जनाको मृत्यु भएका छन्  । ९१ जना घाइते भए  ।

दसैंभरमा ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २ हजार २७ वटा सवारीलाई कारबाही गरी प्रहरीले ११ लाख ३३ हजार राजस्व असुली गरेको छ । विराटनगरमा दसैंभरिमा ७ वटा चोरीको घटना भएका छ ।

प्रहरीले जिल्लामा चाँडपर्वका बेला कुनै किसिमको आपराधिक गतिविधि हुन नदिन १ सय ३७ जनालाई निगरानीमा राखेको बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT