५५ वटा दुर्घटना, ६ को मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — दसैंमा जिल्लामा ५५ वटा सवारी दुर्घटनाको घटना हुँदा ६ जनाको मृत्यु भएका छन्  । ९१ जना घाइते भए  ।

दसैंभरमा ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २ हजार २७ वटा सवारीलाई कारबाही गरी प्रहरीले ११ लाख ३३ हजार राजस्व असुली गरेको छ । विराटनगरमा दसैंभरिमा ७ वटा चोरीको घटना भएका छ ।

प्रहरीले जिल्लामा चाँडपर्वका बेला कुनै किसिमको आपराधिक गतिविधि हुन नदिन १ सय ३७ जनालाई निगरानीमा राखेको बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?