दसैंमा ११ जनाबाट आत्महत्या

कान्तिपुर संवाददाता

मोरङ — मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्म हत्या गरेका छन् भने १५ जनाले बीष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ  । चालु आर्थिक वर्षको भदौमा २५ र साउनमा २१ जनाले जिल्लाभरिमा आत्महत्या गरेका थिए  ।

प्रहरी उपरीक्षक विश्व अधिकारीले पारिवारिक कलह, बिरक्तिएर र मदिरा सेवनको मात लागेको बेला विवाद हुने गरेको कारण आत्महत्या हुने गरेको बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विपद्‌बाट जोगिन सन्देशमूलक प्रदर्शन

कान्तिपुर संवाददाता

धनकुटा — मानिसको चहलपहल रहेको सिन्दुरे गाउँमा एक्कासि भाडदौड मच्चियो  । कोही भुइँचालो भन्दै भाग्दै थिए  ।

कतै घर भत्कियो, घाइते चिच्याइरहेका थिए । आइतबार धनकुटा बस पार्क क्षेत्रमा यस्तै दृश्य देखियो । यो कुनै वास्तविक घटना नभएर विपद आइपर्दा सावधानी गर्ने सन्देशमूलक प्रदर्शनी थियो । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा समुदायमा आधारित विपत् प्रतिकार्य सचेतनामूलक प्रदर्शनीका क्रममा सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतले प्रदर्शनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटा, वरखगण सल्लेरी व्यारेक, शसस्त्र प्रहरी बल नेपाल नं.६ छिन्ताङ गुल्म, नेपाल रेडक्रस सोसाइटी र जिल्ला अस्पतालले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा भुइँचालो आउँदा बच्ने तरिका, विपद् पर्दा कसरी सुरक्षित स्थानमा जाने, आगलागी हुँदा मानवीय र धनमालको क्षति हुन नदिने लगायतका तौरतरिकाबारे काल्पनिक नाम रहेको सिन्दुरे गाउँमा प्रदर्शनी गरियो ।

प्रदर्शनीमा मादक पदार्थ खाएर झगडा गर्न नहुने, घाइतेको प्राथमिक उपचार कसरी गर्नेजस्ता नमुना प्रदर्शनीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए । प्रदर्शनी हेर्न सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो । त्यहाँको दृश्य नियाल्दा कुनै वास्तविक ग्रामीण परिवेशको महसुस हुन्थ्यो । विपद्को समयमा रेडक्रसकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले उद्धार गर्ने कौशल प्रस्तुत गरे । भूकम्पबाट विपद्मा परेका घाइतेहरूलाई उद्धार कार्य भइरहेको थियो ।

एम्बुलेन्समा बिरामी अस्पताल पठाउने काम भइरहेको थियो । त्यही बेला अचानक गाउँको एक घरमा आगलागी हुन्छ । मानिस सबै अतालिन्छन् । विपद् माथि झन् आपत् थपिन्छ । नगरपालिकाको दमकल र आगो निभाउन प्रयोग गरिने अक्सिजन ग्यास प्रयोग गरी आगो निभाएर विपद्मा परेकाको उद्धार गर्ने नमुना प्रदर्शनी गरिएको थियो ।

उक्त अवसरमा वरखगणका गणपति भगवान् थापा मगर, जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइराला, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्मका प्रमुख सचिन कर्माचार्य, रेडक्रसका प्रदेश सभापति नगेन्द्र पोखरेल, धनकुटा रेडक्रसका महामन्त्री हरि राईलगायतले विपद् पर्दा गरिनुपर्ने सावधानीबारे धारणा राखेका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT