डुबेर बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी-४ स्थित बानडाडा नजिककै एक बालिकाको नालीमा डुबेर सोमबार मृत्यु भएको छ । स्थानीय कुमार मगरकी २ वर्षीया छोरी निरजला मगरको मृत्यु भएको हो ।

घर छेउको नालीमा बालिकालाई डुबेको अवस्थामा छिमेकीले देखेपछि तत्काल उपचारका लागि उर्लावारी-३ स्थित मंगलबारे अस्पताल लगिएको थियो ।


अस्पतालमा चिकित्सकले बालिका मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २७, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?