१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घरमै आमाछोरीको हत्या 

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लाको त्रियुगा नगरपालिका ९ राजावासमा शुक्रबार राति आमाछोरीको हत्या भएको छ । २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारी चौधरीको घरभित्रै हत्या भएको हो । उनीहरु शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । 

घरमै आमाछोरीको हत्या 

स्थानीयले शारदा र उनकी छोरीको शव घरभित्रै देखेपछि प्रहरीलाई खबर गरेको उदययपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । दुवैको धारिलो हतियारले घाँटी रेटिएको छ । हत्याको कारण खुलेको छैन ।


खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरीमात्रै बस्दै आएका थिए । शारदाका पति सिताराम चौधरी रोजगारमा सिलसिलामा मलेसियामा रहेको स्थानीयले बताए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रकाशित : आश्विन २५, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?