१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

घर छेउमै माछा मार्दै [तस्बिरहरु]

जितेन्द्र साह

कटहरी (मोरङ) — खोलानालामा पानीको स्तर बढ्ने गरी सोमबार राति मुसलधारे वर्षा भयो । विराटनगर सीमासँग जोडिएको थारु बहुल मोरङको कटहरी गाउँपालिका–१, जमटोकीका स्थानीयले मंगलबार झिसमिसेदेखि घर अगाडिको फराकिलो नाला र खाल्डोमा जमेको पानीमा माछा मार्न थाले । जालीमा माछा फसाउनेसँगै हेर्नेको पनि घुइँचो लाग्यो । कसैले एक बाल्टिन, कसैले आधी जम्मा पारे । तराई–मधेसको गाउँघरतिर वर्षायाममा यस्तो दृश्य देखिनु सामान्य हो । बाढी आएको बेला स्थानीय खोला, नहर र पोखरीको पानी खाल्डामा मिसिन्छ ।

घर छेउमै माछा मार्दै [तस्बिरहरु]

अनि प्राकृतिक रुपले माछाको उत्पादन भइराखेको हुन्छ । जमेको फोहोर पानीको माछालाई मजाले सफा नगरी एवं राम्ररी नपकाइ खाँदा पेट दुख्ने, झाडापखाला र हैजा लाग्ने हुनाले यतातिर ध्यान दिनु पर्ने विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.गुणराज लोहनी बताउँछन् ।







प्रकाशित : आश्विन ७, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?