१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चन्द समूह नेता हतियारसहित सार्वजनिक

एलिसा श्रेष्ठ

भोजपुर — नेत्र विक्रम चन्द समूहका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर विष्टलाई प्रहरीले हतियार सहित सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय भोजपुरले पत्रकार सम्मेलन गरी विष्टलाई विस्फोटक पदार्थ तथा गैरकानुनी हातहतियार सहित सार्वजनिक गरेको हो । 

चन्द समूह नेता हतियारसहित सार्वजनिक

आइतबार दिउँसो करिव १ बजेतिर भोजपुर नगरपालिका १० भैंसीपंखाको गजुरमुखी छेउको जंगलबाट विष्टलाई प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट २ थान इटालियन स्वचालित पेस्तोल, १० राउण्ड गोली, डायरी, मोबाइल २ थान, ७ थान नमस्ते र ५ थान एनसेल गरी १२ थान सिमकार्ड, १ थान हृयाण्ड ग्रिनेट बरामद भएको डिएसपी नरबहादुर सलामी मगरले जानकारी गराए । साथमा चन्दाको माग गरिएका पत्र र समूहको पर्चा पनि फेला परेको उनले बताए ।


पक्राउ परेका विष्टलाई जिल्ला अदालत भोजपुरबाट हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको डिएसपी मगरले बताए ।

प्रकाशित : आश्विन ६, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?