१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संविधान दिवसमा पुरस्कार

मोरङ — प्रदेश १ सरकारले संविधान दिवसमा विभिन्न प्रतिभालाई पुरस्कृत गरेको छ ।

विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न विद्यालयका विद्यार्थी एवं खेलाडीले परेड, मार्चपास, कवाज तथा खेल प्रदर्शन गरेका थिए । यस अवसरमा राष्ट्रिय गीतका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला), अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राई र २४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका पर्वतारोही कामीरिता शेर्पालाई प्रदेश सरकारले सम्मान गर्‍यो ।


तीनैजनालाई ५/५ लाख नगद पुरस्कार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ्ले प्रदान गरे । तिनैजना प्रदेश १ का स्थायी बासिन्दा हुन् । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीले प्रदर्शन गरेका परेड, मार्चपास, कवाज तथा खेलमा प्रथम, द्वितीय र तृतीय भएकालाई प्रदेश सरकारले नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित : आश्विन ४, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?