कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्राविधिक विश्वविद्यालयमा अड्कियो बजेट अधिवेशन

देवनारायण साह

मोरङ — सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयकमा प्रदेशसभाको बजेट तथा वर्षे अधिवेशन अड्किएको छ । चालू अधिवेशनमा प्रदेश सरकारले ल्याएको विधेयक सबै पारित भइसकेको र यो एउटा विधेयकमा मात्रै अधिवेशन अड्किएको हो ।

प्राविधिक विश्वविद्यालयमा अड्कियो बजेट अधिवेशन

सरकारले विधेयक पारित गरेपछि मात्रै अधिवेशन अन्त्य गर्न खोजेको छ भने प्रमुख प्रतिपक्षीले अहिलेकै अवस्थामा विधेयक पारित हुन नदिने अडानमा छ ।


सामाजिक विकास समितिले बहुमतले पारित गरेको उक्त विधेयकको प्रतिवेदनलाई कार्यसूचीबाट हटाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बुधबार दोस्रो दिन प्रदेशसभा बैठक अवरोध गर्‍यो । सदन सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्ना सिटबाट उठेर विरोध जनाएका थिए ।


कांग्रेस सांसदको विरोधका कारण सभामुख प्रदीपकुमार भण्डारीले असोज ५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । प्रदेश १ मा विधेयक निर्माणमा असहमति जनाउँदै सदन अवरुद्ध भएको यो पहिलो पटक हो ।


कांग्रेका प्रमुख सचेतक केदार कार्कीले नेकपाको स्कुल विभाग र जनवादी शिक्षा दिन्छ भन्ने कुरा नलेखिए पनि मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमा त्यस्तै व्यवस्था रहेकोले यसलाई फिर्ता नगरे विरोध कायम रहने बताएका थिए ।


सामाजिक विकास समितिले सोमबार उक्त विधेयक बहुमतले पारित गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक कार्कीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।


सामाजिक विकासमन्त्री जीवन घिमिरेले विश्वविद्यालयसम्बन्धी यो विधेयक नेपालकै इतिहासमा नयाँ किसिमको भएको दाबी गरे । ‘अहिले भएका विश्वविद्यालयभन्दा यो विधेयक फरक छ,’ उनले भने, ‘यो विधेयक अनुसार मनमोहन प्राविधिक विश्वविद्याय साझेदारीमा सञ्चालन हुन्छ ।’

प्रकाशित : आश्विन १, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?