उद्योगी–व्यवसायी टोली अमेरिका

विराटनगर — अमेरिकाको न्युयोर्कमा हुने कार्यक्रममा सहभागी हुन उद्योगी–व्यवसायीको टोली मंगलबार प्रस्थान गरेको छ । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सको कार्यक्रममा सहभागी हुन उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका पदाधिकारीसहितको टोली अमेरिकातर्फ गएको हो ।

टोलीमा महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंका निमित्त महानिर्देशक गोपाल तिवारीलगायत सहभागी छन् । असोज २ देखि न्युयोर्क चेम्बरले आयोजना गरेको १८ औं ग्रेटर न्युयोर्क फेयर एन्ड कन्फरेन्समा टोलीको सहभागिता हुने महासंघ प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।


वाणिज्य महासंघ र न्युयोर्क चेम्बरबीच भगिनी सम्बन्ध कायम गर्न सहमतिमा हस्ताक्षर गर्ने, न्युयोर्क चेम्बरका पदाधिकारीसँग ‘बिटुबी’ छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी महासंघका तर्फबाट नेपालमा सम्भावित लगानीका अवसर तथा दुई देशबीचको व्यापार प्रवर्द्धनका विषयमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्ने गरिने भण्डारीले बताए ।


प्रकाशित : आश्विन १, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?