कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीपी प्रतिष्ठानको छात्रावासमा शंकास्पद मृत्यु, अभिभावकले दिए जाहेरी

प्रदीप मेन्याङ्बो

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङ पहिलो वर्ष अध्ययनरत एक छात्राको शंकास्पद मृत्यु भएपछि मृतकका अभिभावकले सत्य तथ्य पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् ।

वीपी प्रतिष्ठानको छात्रावासमा शंकास्पद मृत्यु, अभिभावकले दिए जाहेरी

प्रतिष्ठानको छात्राबासमा बस्दै आएकी १९ वर्षीया अन्जना देवले झुण्डिएर आत्महत्या गरेको बताइएपनि प्रहरी र अभिभावकले भने झुण्डिएको अवस्थामा रहेको देख्न नपाएपछि अन्जनाको मृत्यु शंकास्पद हुन पुगेको हो ।


प्रहरी निरीक्षक हेमराज वलीकाअनुसार प्रारम्भीक अनुसन्धानमा मंगलबार बिहान कलेज जान भनेर अन्जना साढे ७ बजेतिर होस्टल रुमबाट निस्केर पनि फेरि रुमतिरै फर्केको देखिएको छ । ‘तर किन फर्किन् ? कसले बोलाएर फर्किन् ? अनुसन्धान हुन बाँकी छ ।’


इन्सपेक्टर वलीले भने, ‘अन्जनालाई प्रतिष्ठानको इमर्जेन्सी कक्षसम्म ल्याउनेहरुका अनुसार मृतकको रुम पार्टनर खुस्बु रायले रात्री ड्यूटी सकेर बिहान रुममा आउँदा अगाडिको ढोकाभित्रबाट बन्द गरेको र झ्यालबाट चियाएर हेर्दा कोठाको पंखामा सलको पासो लगाएर झुण्डिएको देखिएपछि होहल्ला गरेर अरु साथीहरुको सहयोगमा पछाडिको ढोकाबाट प्रवेश गरी झारेर इमर्जेन्सीमा ल्याएको भन्ने छ ।’

उनीहरुले पंखाबाट सलको पासो फुकालेर झार्दा ढुकढुकी नरहेको भएपनि डेढ दुईसय मिटर नजिकको दुरीमा रहेको प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुर्‍याउन सके कतै बचाउन सकिन्छ कि भनेर हतार हतार ल्याएको तर बचाउन नसकिएको जानकारी प्रहरीलाई दिएका छन् ।


छोरीको आकस्मिक मृत्युले शोकमग्न भएका मृतक अन्जनाका बाबु रविन्द्र देवले भने, ‘छोरीले आत्महत्या नै गरिहाल्छे भन्ने लागेको थिएन । सोमबार राति ८ बजे मात्र आफ्नो बहिनी अन्जलीलाई फोन गरेर राम्रो परीक्षा दिनु भनेर सम्झाएकी थिइन् ।’ उनले छोरीको मृत्यु शंकास्पद लागेको बताए । एकजनाले ‘तपाईको छोरी सिकिस्त छ तुरुन्त आउनु भनेर फोन गरे, अर्को एजनाले झुण्डिएर आत्महत्या गरिन् भनेर फोन गरेको पीडित रे । तर झुण्डिएको अवस्थामा देख्न नपाएकाले शंका लागेको छ ।’ उनले मंगलबार नै मारिएको वा मराएको हो होइन यथार्थ अनुसन्धान गरिपाऊँ भनि इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको बताए ।

प्रकाशित : भाद्र ३१, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?